अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

ए डिभिजन लिग : पुलिसले एपीएफलाई हरायाे, थ्री स्टार र आर्मीले बराबरी खेले

बिआरटीनेपाल २०८० जेठ २ गते ६:५१ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।आज मङ्गलवार ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा पुलिसले एपीएफलाई १–० गाेलले हरायाे । पुलिसका लागि मोसेस ग्याबाहले गाेल गरे ।याे जितसँगै पुलिस १८ खेलमा २२ अङ्कसहित तालिकाकाे दशाैँ स्थानमा उक्लिएकाे छ । एपीएफ उति नै खेलमा २२ अङ्क भए पनि हेड टु हेडका आधारमा एघाराैँ स्थानमा छ ।

यस्तै आजै दशरथ रङ्गशालामा भएकाे खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गाेलकाे बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आर्मीका लागि दिनेश हेन्जनले गाेल गरे । याे बराबरीपछि थ्री स्टार १८ खेलमा २६ अङ्कसहित तालिकाकाे चौथो स्थानमा उक्लिएको छ । आर्मी उति नै खेलमा २५ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू