अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

भारत–पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर होः क्रिकेट कप्तान पौडेल

बिआरटीनेपाल २०८० वैशाख १९ गते ७:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताउनुभएको छ । एसिसी प्रिमियर कपको उपाधि उचालेर एसिया कपमा छनौट भएपछि उहाँले बलिया टोलीविरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताउनुभयो। एसिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भूमिका तारिफयोग्य रहेकोसमेत उहाको भनाई थियो ।

प्रशिक्षकको योजनाअनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एसिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताउनुभयो । अहिले एसिया कप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भए पनि एसिया कप हुनुपर्ने पौडेलको भनाई छ ।

यस्तै, फाइनल खेलमा युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजनाअनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजनाअनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिनुभएको छ ।।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभये। नेपालले एसिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने अवसर आएको लामिछानेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू