अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

ए डिभिजन लिग- पुलिसले शीर्ष स्थानकाे जावलाखेललाई हरायाे

बिआरटीनेपाल २०८० वैशाख १९ गते ७:३५ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले शीर्ष स्थानको जावलाखेल युथ क्लबलाई हराएको छ ।

आज मङ्गलवार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले जावलाखेललाई २–१ गोलले हराएको हो । पुलिसका लागि मोसेस ग्याबाह र महमद हिजाजीले गोल गरे भने जावलाखेलका विपिन कँडेलले एक गोल फर्काए । जितसँगै पुलिस १५ अङ्कसहित तालिकाकाे दशौँ स्थानमा पुगेको छ । शीर्ष स्थानको जावलाखेलको २४ अङ्क रहेको छ ।

आजै च्यासल मैदानमा भएकाे खेलमा थ्री स्टार क्लब र खुमलटार एफसीले २–२ गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि लाकेन लिम्बु र आदित्य शाक्यले गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । थ्री स्टार २३ अङ्कसहित दोस्रो स्थानमा र खुमलटार १४ अङ्कसहित पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू