अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

एसीसी प्रिमियर कपमा सन्दीप सर्वोत्कृष्ट खेलाडी

बिआरटीनेपाल २०८० वैशाख १९ गते ७:२९ मा प्रकाशित

मंगलबार सम्पन्न एसीसी मेन्स प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिएका छन्। त्रिवि क्रिकेट मैदानमा मंगलबार यूएईलाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो।नेपालको जितमा महत्त्वपूर्ण सदस्य रहेका सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए। यस्तै, यूएईका ब्याटर वृत्य अरविन्द ६ खेलमा दुई शतक र एक अर्धशतकसहित चार सय ५४ रन जोडेर उत्कृष्ट ब्याटर घोषित भए।

सोमबार सुरु भएर वर्षाका कारण मंगलबार मात्रै टुङ्गिएको फाइनलमा एसोसिएट क्रिकेटको पावर हाउस यूएईलाई हराएसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ। समूह ‘ए’मा परेको नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष टिम सुपर फोरमा पुग्ने छन्। यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू