अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

एसिया कप पाकिस्तानमा हुनेमा अन्योल

बिआरटीनेपाल २०८० वैशाख १८ गते ७:३३ मा प्रकाशित

पाकिस्तानमा आगामी सेप्टेम्बरमा एसिया कप आयोजना गर्ने कार्यक्रम छ। प्रतियोगितामा पाकिस्तानसहित भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एसिसी प्रिमियर कप विजेताबीच प्रतिस्पर्धा हुने तय छ। नेपालमा जारी प्रिमियर कपको फाइनलमा घरेलु टिम र युएईबीच प्रतिस्पर्धा छ।भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण भारतले प्रतियोगितामा आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ।

‍पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसिसी)को बैठकमा एसिया कपका लागि हाइब्रिड मोडल प्रस्तुत गरेको थियो, जसअन्तर्गत अन्य टोलीले पाकिस्तानमा खेल्नेछन् भने भारतीय टोलीले अर्को देशमा प्रस्ताव थियो।गत महिना पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले हाइब्रिड मोडल प्रस्तुत गर्दा एसिसीका अध्यक्ष जय शाहले पनि उक्त मोडलमा चासो देखाएका थिए। तर भारत फर्किएपछि उनले त्यसको विरोध गरेका थिए।

दुई साताअघि शाहले एसिया कपको स्थल टुंगो लगाउन काउन्सिलले अन्य सहभागी देशको सुझावको प्रतीक्षा गरिरहेको बताएका थिए।‘हामी २०२३ को एसिया कपको लागि स्थान र भारत-पाकिस्तान खेलको बारेमा स्पष्टतालाई अन्तिम रूप दिन अन्य राष्ट्रहरूको प्रतिक्रियाको पर्खाइमा छौं.’ शाहले एक मिडिया अन्तर्क्रियामा भनेका थिए।पाकिस्तान क्रिकेटले स्रोतलाई उधृत गर्दै लेखेको समाचार अनुसार पाकिस्तान क्रिकेट बोर्ड हाइब्रिड मोडलको विषयमा आफ्नो अडानमा अडिग रह्यो भने यो वर्ष एसिया कप नहुन सक्छ र त्यसका लागि पाकिस्तान तयार छ। सम्पूर्ण खेल अर्को देशमा आयोजना गर्ने सम्भावनालाई पाकिस्तान क्रिकेट बोर्डले अस्वीकार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू