अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

८ सय ७१ नेपाली खाडी र मलेसियाका जेलमा

बिआरटीनेपाल २०८० वैशाख १३ गते ४:२३ मा प्रकाशित

नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ ।पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली विभिन्न फौजदारी अभियोग लागेर जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डसँग रहेको तथ्याङ्क अनुसार खाडीको देश साउदी अरेबियाको जेद्दामा ५२ जना, साउदीकै रियादमा ३४६ जना, यूएईमा १८१ जना, कतारमा ६१ जना, कुवेतमा ७१ जना बहराइनमा १३ जना र ओमानमा ५ जना जेल जीवन बिताइरहेका छन् ।

यस्तै नेपालीहरूको रोजाइको म गन्तव्य देश मलेसियामा १४२ जना विभिन्न फौजदारी अभियोगमा जेल परेको तथ्याङ्क प्राप्त भएको बोर्डले जनाएको छ । तर दूतावासले उपलब्ध गराएको यो तथ्याङ्क र अहिलेको अवस्थामा कतिपय सजाय काटेर देश फर्किसकेको हुन सक्ने बोर्डको भनाई रहेको छ ।

पछिल्लो ६ सात वर्षयता विदेशमा नेपालीहरू जेल पर्ने क्रम बढेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । ‘नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९’ ले सन् २०१६ मा आठ सय मात्र नेपाली विदेशका जेलमा रहेकोमा सन् २०२१ मा यो सङ्ख्या बढेर १०३० पुगेको देखाएको छ ।

सन् २०२१ मा सबैभन्दा धेरै यूएईमा श्रमिकहरू जेलमा रहेका यो प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार त्यस बेला यूएईमा २६० जना, मलेसियामा २२३ जना, कुवेतमा १६८ जना, साउदी अरेबियामा १५३ जना र हङ्कङमा ८८ जना जेलमा रहेका थिए ।आयोगले विभिन्न देशमा रहेका २७ वटा नेपाली दूतावासहरूसँग लिएको तथ्याङ्कले एक हजार ३० जना नेपाली विदेशका जेलमा रहेको देखाएको थियो ।यसरी जेल परेका मध्ये ७.२ प्रतिशतले मात्र दूतावासबाट कानुनी प्रतिरक्षा पाएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू