अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

डिपि अधिकारीलाई भारतमा अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट सम्मान

सीतल आचार्य २०८० पुष ८ गते २२:४५ मा प्रकाशित

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको अन्तर्राष्ट्रिय अभिमान पुरस्कारबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका डेक प्रसाद अधिकारी “गोपाल” लाई ‘अन्तर्राष्ट्रिय अभिमान पुरस्कार” बाट सम्मान गरेको छ । कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू विभिन्न उपाधिबाट सम्मानित भएका थिए । दिल्लीको मन्डी हाउस स्थित अडियोटोरियलको हलमा आयोजित कार्यक्रममा भारतीय विधायक, राजनीति दलका नेता विशिष्ट कलाकारहरूको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

१५ वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको संवर्द्धन तथा प्रवर्द्धन गर्दै आएका अधिकारी विभिन्न संघ संस्थामा आबद्ध छन् । उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन् । अधिकारीले विश्वको कला संस्कृतिको संवर्द्धन तथा प्रवर्द्धनमा पुर्‍याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

सम्मानित अधिकारी भन्छन्– ‘पुरस्कारले मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक सम्मानित भएका छन् अधिकारी।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू