अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

म्यानमार हवाई हमलाः मृत्यु हुनेको संख्या १ सय नाघ्यो

बिआरटीनेपाल २०७९ चैत २९ गते ७:५२ मा प्रकाशित

म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो । सागिङ क्षेत्रको आकाशमाथि परिक्रमा गरेको जेट विमानले बम हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई लक्षित सेनाले आक्रमण गर्दा सोही क्षेत्रका बासीन्दाबीच भागदौड समेत मच्चिएको थियो ।

सोही क्षेत्रका स्थानीयले सेनाको बिरोधमा आवाज उठाउने गरेको र आफ्नै स्वइच्छाले मिलिसिया खडा गरी विद्यालय र क्लिनिक सञ्चालन गर्दै आएपछि सेनाको निशानामा परेको हो । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि समय समयमा विपक्षी विरुद्ध हवाई र स्थलगत रुपमा आक्रमण गर्ने गरेका छन् ।

सेनाको ज्यादती विरुद्ध स्थानीयले यत्रतत्र छरिएका शवको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । यसैबीच संयुक्त राष्ट संघले घटनाको निन्दा गर्दै हवाई आक्रमणको घटना निन्दनीय भएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू