अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

पाकिस्तानमा बम बिस्फोट हुँदा चारको मृत्यु

बिआरटीनेपाल २०७९ चैत २८ गते ७:३२ मा प्रकाशित

पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा बम बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा प्रहरीको गाडी लक्षित विस्फोटमा थुप्रै घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सुरक्षाकर्मीका अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै पार्किङमा रहेको मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो ।घटनास्थललाई सुरक्षा घेरा गरी अनुसन्धान गर्न थालिएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू