अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

ट्युनिसियाको दक्षिणपूर्वी तटमा डुंगा डुब्दा २० जना बेपत्ता

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:३१ मा प्रकाशित

ट्युनिसियाको दक्षिणपूर्वी तटमा डुंगा डुब्दा कम्तीमा २० जना आप्रवासी बेपत्ता भएका छन् ।कम्तीमा ३७ आप्रवासी बोकेको उक्त डुंगा ट्युनिसियाका स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गर्ने क्रममा दक्षिणपुर्वी तटमा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । मध्य भू–मध्य सागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुमध्ये एक रहेको र सोही मार्ग भई वर्षेनी हजारौं आप्राबासी अवैध रुपमा युरोप प्रवेश गर्ने गरेका छन् । ट्युनिसियाली सरकारले गत वर्ष सोही समुद्री मार्ग भई युरोप प्रवेश गर्न लागेको १४ हजार आप्रवासीलाई फर्काएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू