अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

अमेरिकी न्याय मन्त्रालयद्वारा गोप्य अमेरिकी कागजात चुहावट बारे अनुसन्धान शुरु

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:३० मा प्रकाशित

अमेरिकी न्याय मन्त्रालयले युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लीक भएको बारे अनुसन्धान शुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् । त्यसैगरी ती कागजातहरूमा युक्रेन–रुस युद्ध लगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ । दर्जनौं लीक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ ।

अमेरिकी अधिकारीहरूले वाशिङ्गटन पोस्टलाई बताएअनुसार केही कागजातहरू हेरफेर गरिएको देखिन्छ तर धेरै सीआईए विश्व खुफिया समीक्षा रिपोर्टहरूसँग मेल खान्छ जुन ह्वाइट हाउस, पेन्टागन र विदेश मन्त्रालय संयन्त्रमा छलफल गरिएको छ ।

रक्षा विश्लेषकहरू गोप्य कागजातहरूको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान साबित हुने पनि अनुमान गरिएको छ । अन्य कागजातहरूमा अमेरिकी सहयोगीहरूको सरकारहरू भित्रको आन्तरिक गोप्प जानकारी रहेको बताइएको छ । न्यु योर्क टाइम्सका अनुसार कागजातहरू मध्ये युक्रेनमा प्रयोगको लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसको बारेमा छलफल पनि सामवेश छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू