अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहको आक्रमणमा परि ४६ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७९ चैत २५ गते ६:५७ मा प्रकाशित

नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहको आक्रमणमा परि ४६ जनाको ज्यान गएको छ । बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएको छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएको एएफपीमा उल्लेख छ ।

उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएको छ । आक्रमणको कारण भने खुलेको छैन । गोठालाहरुले गाईबस्तु चराएर आफ्नो खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू