अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

आठ महिनामा साढे १० खर्ब रुपैयाँको वस्तु आयात, १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात

बिआरटीनेपाल २०७९ चैत ८ गते ७:३३ मा प्रकाशित

आयातमा कमी हुँदा नेपालको वैदेशिक व्यापार घाटामा कमी आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा नौ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा झन्डै १८ प्रतिशतले कमी हो ।छिल्लो आठ महिनामा व्यापार घाटामात्रै नभएर आयात र निर्यातमा पनि कमी आएको छ । साउनदेखि फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा १९ प्रतिशतले कमी हो । यस्तै एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा २९ प्रतिशतले कमी हो ।

आठ महिनामा ३८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । यस्तै २२ अर्बको तरकारी, झन्डै १२ अर्बको फलफूल, ६४ अर्बको घिउ÷तेल र एक अर्ब ६५ करोड रुपैयाँको दुधजन्य पदार्थ आयात भएको छ । यस्तै दुई खर्ब २७ अर्बभन्दा धेरैको पेट्रोलियम पदार्थ, २९ अर्बको औषधी र कच्चा पदार्थ, २७ अर्बको बिउबिजन, ४० अर्बको पलास्टिकजन्य वस्तु र ८७ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् । निर्याततर्फ २३ अर्बको घिउ  – तेल, झन्डै चार अर्बको तरकारी र खाद्यान्न, १० अर्बको चिया-कफी र आठ अर्ब रुपैयाँको तयारी, पोसाकलगायतका सामान निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू