अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ घाइते

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५७ मा प्रकाशित

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । अन्तर्राष्टिय सञ्चार माधयमका अनुसार बस द्रुत मार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको थियो । बंगलादेशका अधिकांश सवारी साधन पुराना र नियमित मर्मत सम्भार नभएका कारण वर्षेनी सडक दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू