अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

सरकारी विधेयक र विश्वासको मतमा एकसाथ रहने सत्तारुढ १० दलबीच सहमति

बिआरटीनेपाल २०७९ चैत ४ गते ७:५७ मा प्रकाशित

सरकारले संसद्मा पेस गर्ने विधेयकमा एकमतका साथ प्रस्तुत हुने सत्ता साझेदार दलहरुले सहमति गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चैत ६ गते एकमतका साथ विश्वासको मत दिने सहमति गरेको छ । बैठकले भोलि आइतबार हुने संसद् बैठकमा गठबन्धनमा रहेका दल एकमत साथ प्रस्तुत हुने सहमतिका साथ निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लाग्नुुभएको हो । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुुनुुभएका उहाँले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनुुभएको थियो ।

शनिबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी हुुनुुभउको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू