अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

त्यो जीत

शान्तिदीप रायमाझी २०७९ चैत ३ गते २०:२३ मा प्रकाशित

त्यो जीत
इतिहास बोकेको जीत
नेपाली जनको आस र प्रयास बोकेको जीत
अदम्य सहास बोकेको जीत ।

त्यो जीत
आफैमा कला हो त्यो
लगन हो त्यो
खेलाडीको अथक मेहेनत
त्याग, समर्पण हो त्यो
सबैको जीत हो त्यो ।

देख्यौं
त्यो सानो बलभित्र
देश लुकेको थियो
आत्मीय भाव लुकेको थियो
एकता लुकेको थियो
रास्ट्रको प्रतिष्ठा लुकेको थियो ।

त्यो बलले
त्यो ब्याट्ले
सिङ्गाे देश बोकेका थिए
मुटुको धुकधुकी बोकेका थिए
तराई, पहाड, हिमालको नाम खोपेको थिए ।

हामीले रास्ट्रका गहना मान्यौं
उनीहरूले खेले
सँगै सिङ्गाे देश खेल्यो
देशवासी खेले
हामीहरू सबै मैदानमा थियौं
सान, मान र सम्मानका खातिर
भनौं
हामी युद्धमा थियौं
एक रोमाञ्चक युद्ध
जुन जित्यौं
शानका साथ
आत्मसम्मानका साथ
पछिसम्म हुने गरी
इतिहासमा रहने गरी
इतिहासमा रहने गरी ।।