अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

जाल

शान्तिदीप रायमाझी २०७९ कार्तिक ४ गते १५:०२ मा प्रकाशित

अचेल
हाम्रोमा
पहिले जस्तो
पुस्तकका पान्ना धेरै पल्टिदैनन्
फेसबुकका पेज पल्टिन्छ्न् एकनास
भेटघाट छैन्
कल र च्याट छ
मन पराई ‘लाइक’मा
‘केयर’ शेयरमा रुपान्तरित छ
‘लभ रियक्ट’ गर्ने इमोजीमा हस्तान्तरित छ ।

अचेल
तस्वीरहरू कसैको
घरको ढोका छेउ भित्तामा टाँगिदैन
फेसबुकका ‘वाल’मा टाँगिन्छ
चिठीपत्र मेसेन्जर भएर जान्छ्न्
दौँतरी चौतारीमा होइन च्याटमा भेटिन्छ्न्
मनका कुरा स्ट्याट्स भएर आउँछन्
खेलकुद यहाँ भर्चुअल लुडो तास भएर छाउँछ्न्
घट्नाको जानकारीको लागि
बाहिर आँगन छेउ काग कराउन पर्दैन अचेल
तत्काल
सारा समाचार आउँछ्न्
‘नोटिफिकेसन’ सहित छाउँछ्न्
शुभकामना
बधाई सबै त्यहाँ आँउछन् ।

अचेल
आँखा पुस्तकमा होइन फेसबुकमा छ्न्
हात ‘स्क्रोल’ गर्नमा मस्त छ्न्
तलमाथि तलमाथि एकनास
व्यस्त छ्न् सबै जना
संसार भुलाएको छ यसले
यो हो सामाजिक सञ्जाल
तर खै कस्तो जाल
मान्छे एक्लो पारेको छ
सामाजिक दूरी घटाउँछ भन्छौं
तर देख्छु
झन् बढाएको पो छ
असामाजिक बनाएको छ
एकलकाँटे बनाएको छ
अरु के भनूँ खै
उता कमेन्ट गर्न भो हतार
यस्तै छ सञ्जाल सार
फेसबुके संसार ।