अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

दसैंको शुभकामना

शान्तिदीप रायमाझी २०७९ असोज १६ गते १५:३३ मा प्रकाशित

उच्च इच्छा रहर
जोस जाँगर बोकेर आओस्
सुख शान्ति
हर्ष बहार बोकेर आओस्
आरोग्यता, समृद्धि, कान्तिको उपहार बोकेर आओस्
दसैं यसरी आओस्
सर्वत्र उमंग छाओस्
मन चंगा होस्
गगन होस्
गंगा होस्

देवीदेवताको साथ रहोस्
दु:ख कष्ट माथ खाओस्
शत्रुताको जाल टुटोस्
आत्मीयताको मूल फुटोस्
अमनचयन मिलोस्
सन्तुष्ट मन मिलोस्

प्रसादको प्रभाव परोस्
ठूलाबडाको आशिर्वाद लागोस्
बाधा, अवरोध पार लागोस्
खराब तत्व लम्पसार परोस्
त्यसको सदैव हार होस्
दसैं विशेष खास होस्
विजय आशा जागोस्
पीर, दशा टाढा भागोस्
मन शुद्ध रहोस् सदा
पवित्र रहोस् सदा चाहना
वडा दशैं उल्लासमय बनोस्
शुभकामना !
शुभकामना !!