अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

विजेता नेता

शान्तिदीप रायमाझी २०७९ पुष १ गते २१:५३ मा प्रकाशित

चुनाव भो
जनताले
मत दिए
अभिमत दिए
मत सहमतिको अभिव्यक्ति हो
सपनाको स्वीकृति हो ।

नेताका
कति सपना बिके
कति बिकेनन्
सपना बिक्नेहरू
भनौं न
सफल बिक्रेता भए
बिजेता भए
रंगिए
फूलमाला लगाए
अबीर लगाए
शीर ठडाए
जितको ‘सर्टिफिकेट’ समाए
चमक्क चम्किए
दङदास देखिए ।
अब
आएको छ
पाएको भोटलाई
प्रमाणित गर्ने समय
जन हित गर्ने समय
राम्रो मान्छे रोजिएछ
भन्ने पार्ने समय ।

अब बिजेता
ती नेता
कसैगरी नभूलुन्
सपनाका पाना पल्टाउन्
समस्याको चाङ सल्टाउन
हुन नि
अब सधै उहीँ बहाना चल्दैन्
पूरानो त्यो अति ‘स्लो’ गाना चल्दैन्
बरू
सबै बाचालाई सच्चा पारून्
प्रतिबद्धता पूरा गरुन्
बाटो, बिजुली, पानीले तानेका भोटहरू
मर्माहत नपारुन्
हिजो जस्तो आहत नपारुन्
बरु राहत बनुन्
पुन: अर्को ‘चाहत’ बनुन् ।

अब
पहिले झै
आफ्नो स्वार्थको खातिर
व्यर्थको झगडा नगरुन्
कुर्सीको लागि हानथाप नगरुन्
नातेदार मात्र जागीरको आधार नदेखुन्
यस्तो गरुन् कि
जनतालाई
पाँच वर्ष समय लामो नलागोस्
सपनाले अर्को नेता नमागोस्
सपनाले अर्को नेता नमागोस् ।।