अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

विश्वकप लिग–२, पपुवा न्युगिनीविरूद्ध नेपालको सानदार जित

बिआरटीनेपाल २०७९ फागुन २९ गते ७:२३ मा प्रकाशित

घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् ।

उनले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएर अविजित रहेका थिए । त्यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहेका थिए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका हुन् ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू