अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

‘ए’ डिभिजन लिग : मनाङ र मछिन्द्र बराबरी

बिआरटीनेपाल २०७९ फागुन २८ गते ७:३५ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको रोमान्चक खेलमा मनाङ र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले ३ खेलमा ५ अंक जोडेको छ । साविक विजेता मछिन्द्रले भने पहिलो अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा १ अंक जोडेको हो ।

आजै भएको अर्को खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले पनि रोमान्चक बराबरी खेले । च्यासल मैदानमा भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।आर्मीका नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । ५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २–१ ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३–३ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । एनआरटीले अघिल्लो २ खेलमा हार व्यहोरेको थियो । आर्मीको यो दोस्रो बराबरी हो । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू