अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

जापानमा दुईजना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७९ फागुन ५ गते ६:२८ मा प्रकाशित

जापानमा दुईजना नेपालीको मृत्यु भएको छ । जापानमा बस्दै आएका कास्की घान्द्रुकका ५३ वर्षीय हरि प्रसाद गुरुङ र म्याग्दी राम्चे काफलडाडाका ज्योति पुनको मृत्यु भएको हो । पुनको अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको बताइएको छ । पुनको शनिबार जापानमा अन्त्येष्टि गरिने एनआरएनए आईसीसी सदस्य दीपक कार्कीले जानकारी दिनुुभयो ।

गैरआवासीय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेका अनुसार मृतक गुरुङको शव साईतामाको कुकी प्रहरी स्टेसनमा राखिएको र अन्त्येष्टिका लागि परिवारसँग सम्पर्क भइरहेको बताउनुुभयो । जापानमा यस वर्ष नेपालीहरुको मृत्युको संख्या बढ्दो रहेको बताइएको छ । जनवरीदेखि हालसम्म २ जना विद्यार्थीसहित ५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू