अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ : प्रदीप पौडेल

बिआरटीनेपाल २०७९ फागुन ३ गते ५:४८ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई सुपर प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई चलाउने प्रयास भइरहेको भन्दै ओलीलाई सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दवाव सिर्जना गरिरहेको आरोप लगाउनुभएको हो ।उहाँले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ति प्रस्तुत गरिरहेको भन्दै तत्कालिन ओली सरकारमा भएको संसद विघटन कायरता भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको बताउनुभयो ।

सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गर्नुभयो । उहाँले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाउनुभयो ।सांसद पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया