अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

बिआरटीनेपाल २०७९ फागुन २ गते ५:५७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया