अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

टर्की भूकम्प- एक सय १५ घण्टापछि एक जना गर्भवतीको उद्धार, ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:४७ मा प्रकाशित

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार भएको छ ।टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट उनीहरुको उद्धार भएको उद्धारकर्मीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो ।

अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ ।हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना १० दिनको शिशु र उनकी आमाको जीवितै उद्धार भएको थियो ।भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

टर्कीमा २० हजार ६ सय ६५ जना र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।टर्कीमा सोमवार बिहान सात दशमलव ८ रेक्टर र दिउँसो सात दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ । राष्ट्र संघले सिरियामा मात्रै ५३ लाख मानिस घरबार विहीन हुने बताएको छ ।

उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् । उद्धार कार्यमा एक लाख ६६ हजार जनाभन्दा बढी मानिस खटिएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू