अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

युरोपमा तत्काल दादुरा खोप लगाउन डब्लूएचओको आग्रह

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:४५ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशलाई तत्काल लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ ।सन् २०२२ को सुरुवातदेखि दादुराको संक्रमण बढ्दै गएपछि डब्लूएचओले यस्तो आग्रह गरेको हो । डब्ल्यूएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनःबल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुने भएको छ ।

यद्यपि, डब्लूएचओले कोभिड–१९ महामारीको प्रतिरक्षा र खोप छुटेका कारण बालबालिकासहित अन्य थुप्रै व्यक्तिमा दादुराको संक्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ । डब्ल्यूएचओले युरोपेली देशहरूलाई पनि ढिलाई नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ । सन् २०१८ र २०१९ मा ठूला दादुराको प्रकोप भएपछि लगभग २ लाख जनसंख्यामा संक्रमणका घटना भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू