अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

टर्की र सिरिया भूकम्प अपडेटः मृत्यु हुनेको संख्या २० हजार पुग्यो, उद्धार तथा राहत कार्य जारी

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:२३ मा प्रकाशित

टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २० हजार पुगेको छ ।भूकम्प गएको ५ दिन भइसक्दा समेत पीडितहरुले प्रभावकारी रुपमा उद्दार तथा राहत नपाएको भन्दै विभिन्न मानवअधिकारवादी संस्थाहरुले त्यहाँको सरकारको आलोचना गरेका हुन् । भूकम्पमा परेर क्षतिग्रस्त भएका भग्नावशेषहरु पन्छाउने क्रम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । टर्कीको प्रकोप एजेन्सीले आफ्ना १७ हजार ४ सय भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ ।

उद्धारकर्ताहरुले टर्कीको अडानास्थित भग्नावशेषबाट ४५ वर्षीय घाइते पुरुषको जीवित्तै उद्धार गरेका छन् । यसअघि टर्कीकै अन्टाक्यामा पनि २ वर्षीय बालक र दियारबाकिरमा ८ वर्षिय बालक जीवितै फेला परेका थिए । दुवै बालक करिब ८० घण्टा भग्नावशेषमुनि पुरिएको अधिकारीहरुले बताएका छन् । त्यस्तै सिरियामा भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय १७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

उद्दारको प्रयास जारी रहेका बेला टर्कीका विभिन्न सहरबाट हजारौं सर्वसाधारणलाई घरबाहिर निकालिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भूकम्प गएलगत्तै विभिन्न दातृ निकायलगायतका संघ संस्था र मुलुकहरुबाट सोही भूकम्प प्रभावितहरुका लागि विभिन्न सहायता सामग्री संकलन हुने क्रम जारी छ । त्यसैगरी विभिन्न मुलुकले सैन्य अधिकारी र स्वयंसेवकहरु पनि उद्दार तथा पीडितको सहायताका लागि टर्की र सिरिया पठाइरहेका छन् ।टर्कीको संसदले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाको आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू