अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

चिनियाँ जासुसी बेलुनको महत्वपूर्ण सूचना संकलन भएको अमेरिकाको दावी

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:१७ मा प्रकाशित

अमेरिकाले चिनियाँ जासुसी बेलुनको महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेको अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै चीनको आलोचना गरेका छन् ।

सांसदहरुले बेलुन प्रकरणसँगै चीनसँगको कुटनीतिक सम्बन्धमा आँच आउन सक्ने चेतावनी पनि दिएका छन् । अमेरिकी आकाशमा चीनले सोही जासुसी बेलुन पठाएसँगै अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण समेत स्थगित भएको थियो । चीनले भने उक्त बेलुन जासुसीका लागि प्रयोग नभएको बताउँदै आएको छ । अमेरिकाले जासुसीका लागि बेलुन प्रयोग गरेको बताए पनि चीनले भने मौसमसम्बन्धी सूचना संकलनका लागि बेलुन उडाएको दावी गरेको छ ।

तर अमेरिकी सेनाले सोही बेलुन आन्द्र महासागरमा खसालेको थियो । उक्त बेलुनका भग्नावशेषबाट महत्वपूर्ण सूचना संकलन भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन् । यता चीनले भने बेलुनका भग्नावशेष निशर्तः फिर्ता गर्न अमेरिकासँग माग गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकाले अनावश्यक आशंका गरेको बताउनुभयो । उहाँले अमेरिकाले चीनमाथि सूचना र जनमत युद्ध गर्न खोजेको पनि आरोप लगाउनुभयो । यता अमेरिकाले कुटनीतिक प्रोटोकलहरुको चरम उल्लंघन भएको भन्दै उक्त बेलुनसँग सम्बन्धित चिनियाँ अधिकारीहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू