अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

बिआरटीनेपाल २०७९ माघ २२ गते ६:४३ मा प्रकाशित

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हो । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत हुुनुुहुुन्थ्यो । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति हुुनुुहुुन्थ्यो ।

सन् १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुई वटा हत्याको अभियोग समेत लागेको थियो । सन् २००१ को जुनमा उहाँले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गर्नुुभएको थियो । सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बन्नुुभएको थियो । सन् २००७ को अक्टोबर–नोभेम्वरमा मुसर्रफले पुनः राष्ट्रपतिको चुनाव जित्नुुभएको थियो ।

सन् २००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिनुुभएको थियो । । मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । राजद्रोहको मुद्दामा मृत्यु दण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आउनुुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू