अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

चीनले आफ्नो मुलुकमा अनावश्यक निगरानी गरेको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७९ माघ २१ गते ६:०३ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले अमेरिकी वायुक्षेत्रमा चीनले अनावश्यक निगरानी बढाएर सार्वभौम सत्ताको उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।उहाँले आफ्नो हवाई क्षेत्रमा जासुस बेलुन पठाएर अनावश्यक निगरानी बढाएको भन्दै पूर्वनिर्धारित चीनको भ्रमण स्थगित गर्नुभएको हो । चीनले बेलुन उडाएर जासुसी गरेको भन्दै विदेशमन्त्री एन्टोनीले आफ्नो पूर्वनिर्धारित चीन भ्रमण स्थगित गरेको बताउनुभयो । अमेरिकी आकाशमा चीनले अनावश्यक निगरानी गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै अमेरिकी सार्वभौममाथि हस्तक्षेप गर्न खोजेको विदेशमन्त्री ब्लिंकेनको आरोप छ ।

चीनले भने सोही बेलुन मौसम विज्ञान अनुसन्धानका लागि मात्र अमेरिकी आकाशमा उडाइएको स्पष्टीकरण दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी अधिकारीहरुले भने चीनको भनाइप्रति कडा आपत्ति जनाएको छ । हालैका वर्षहरुमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । व्यापारिक मुद्दा, ताइवानको स्थिति, दक्षिण सागरमा चीनको दावी र इन्डोप्यासिफिकमा चीनको प्रभाव बढेको भन्दै अमेरिकाले निरन्तर दवाव दिंदै आएको छ ।

त्यस्तै युक्रेनमा जारी युद्दामा पनि रुसलाई सैन्य सहयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिंदै आएको छ । सन् २०१८ यता अमेरिकी विदेशमनत्रीको पहिलो चीन भ्रमणको तयारी भइरहेका बेला फेरी दुई देशबीच तनाव उत्पन्न भएको हो । यसअघि तत्कालीन विदेशमन्त्री माइक पोम्पीओले बेइजिङको भ्रमण गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२२ को अन्त्यमा इन्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू