अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

सत्ता गठबन्धन भित्रको समस्या समाधान हुन्छ- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ २१ गते ५:५६ मा प्रकाशित

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताउनुुभएको छ । पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कुराकानी जारी रहेको र समस्या समाधान हुने जानकारी दिनुुभयो ।

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने नदिने विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ । रास्वपाले गृहमन्त्री आफूले नपाए सरकार छाड्नेसम्मको चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्री आफ्नै पार्टीले राख्ने गरी गठबन्धनमा कुरा गरिरहेका छन् । यसमा एमाले लगायत अन्य दल सहमत छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू