अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

सहमति अनुसार गृह मन्त्री रास्वपालाई दिनुपर्छ- एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७९ माघ १९ गते ६:११ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमतिअनुसार उसैलाई दिनुपर्ने बताउनुभएको छ । गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने पूर्वसहमतिअनुसार उसैलाई दिनुपर्ने उहाँको भनाइ छ ।विराटनगर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले गृह मन्त्री रास्वपालाई दिने सहमति भएको उल्लेख गर्दै पात्र कसलाई पठाउँछ भन्ने पार्टिको आन्तरिक बिषय भएको बताउनुुभयो ।

नागरिकता प्रकरणमा रास्वपाका सभापतिसमेत रहनुभएका रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहनु भएको छ । रास्वपाले गृह मन्त्री आफूहरूले नै पाउनुपर्ने बताउँदै आएको छ । सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेवार नै एमालेको हुने दाबी गर्नुभयो । सत्तापक्षबाट एकमात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाइ छ ।

सत्तापक्षबाट राष्ट्रपतिको अर्को उम्मेदवार नहुने भन्दै पुस १० गतेको सहमतिअनुसार सत्तापक्ष चल्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिले बाहिर देखिएजस्तो समस्या सरकार सञ्चालनमा नदेखिएको उहाँको जिकिर छ । अध्यक्ष ओलीले नेपालमा असाधारण राजनीतिक अस्थिरता रहेको बताउँदै प्रजातन्त्र स्थापनापछि देखि नै स्थिरता हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू