अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

फ्रान्समा सेवा निवृत्त हुने उमेर हद बढाएको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१४ मा प्रकाशित

फ्रान्समा सेवानिवृतिको अवधि बढाएको विरोधमा आन्दोलन सुरू भएको छ ।फ्रान्सले हालै सेवा निवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पु¥याएको विरोधमा आन्दोलन चर्केको हो ।राजधानी पेरिस लगायतका शहरमा भेला भएका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन विरुद्ध नारा लगाउँदै नयाँ नियम तत्काल फिर्ता गर्न माग गरेका छन् ।

आन्दोलनमा आठ वटा ट्रेड युनियनहरु सहभागी छन् । आन्दोलनको प्रभाव विद्यालय, सार्वजनिक यातायात र तेल प्रशोधन केन्द्र सम्म परेको छ । आन्दोलनले राष्ट्रपति म्याक्रोन अप्ठेरोमा पर्नुभएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू