अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

विमान दुर्घटना : संसदबाट शोक प्रस्ताव पारित

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:१८ मा प्रकाशित

सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएकाे यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो । बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।

माघ १ गते काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको जहाज पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू