अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

भारतले पठायाे पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

बिआरटीनेपाल २०७९ माघ २ गते ४:१७ मा प्रकाशित

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएकाे छ ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

प्रतिक्रिया