अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४० | Colorodo: 09:55

अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि

बिआरटीनेपाल २०७९ माघ १ गते ६:०३ मा प्रकाशित

अमेरिकाकी आर बोनी गेब्रियलले ७१ औं मिस युनिभर्सको उपाधि जितेकी छिन् ।उनलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराएकी हुन् । फेसन डिजाइनर समेत रहेकी २८ वर्षीया ग्राबियल ह्युस्टन, टेक्ससकी बासिन्दा हुन् ।

फस्ट र सेकेन्ड रनरअप क्रमश भेनेजुएलाकी अमान्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भएका थिए । यो प्रतियोगिता अमेरिकाको न्यु अर्लिन्स शहरमा भएको थियो ।

यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरुको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिएकी थिइन् । भुजेलले अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू