अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

बुढासुुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण फागुन १३ गतेबाट

बिआरटीनेपाल २०७९ पुष ३० गते ५:१८ मा प्रकाशित

सुनसरीको धरानमा हुने बुढासुुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण फागुन १३ गतेबाट हुने भएको छ। आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताका लागि फागुन १३ देखि २० गतेसम्मको समय पक्का भएको जानकारी दिनुभयो ।अखिल नेपाल फुटबल संघ एन्फाले समेत प्रतियोगिताका लागि सो मितिलाई स्वीकृत दिएको बताएका अध्यक्ष राईले सुहाउँदो वातावरण र सहज मौसमका रूपमा फागुन तेस्रो साता प्रतियोगिता गरिन लागेको जानकारी दिनुभयो।

आयोजक पक्ष यसपटक ठूला र नाम चलेका क्लबभन्दा पनि अवसर खोजिरहेका नयाँ र सशक्त क्लबलाई स्थान दिने मनसायमा छ। अध्यक्ष राईले भन्नुभयो, ‘यसपटक धेरै कुरा सोचेर निर्णय गर्छौं। प्रदेश १ भित्रका क्लबलाई हामी प्राथमिकतामा राख्नेछौँ र ठूला तथा प्रदेश बाहिरका क्लबलाई उनीहरूको प्रदर्शनीका आधारमा समेट्नेछौँ।’८ वटा टोलीको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ भित्रबाट कम्तीमा ३ वटा र अन्तर्राष्ट्रियसहित प्रदेश बाहिरबाट ५ वटा टोली सहभागी हुने अध्यक्ष राईको भनाइ छ।

पुरस्कार राशिबारे ठूलो निर्णय गरिनसकेको बताएका राईले भने, ‘यसपटक हामी पुरानै पुरस्कार राशिमा जोडिनेछाँै। ठूला र भरपर्दा प्रयोजक भेटिए त्यहीअनुसार पुरस्कार राशिमा जोडिन्छाँैं। तर, अहिलेसम्म हामी पुरानै १० लाख र ५ लाख पहिलो र दोस्रो हुने टोलीलाई प्रदान गर्ने सोचमा छौ।’ अध्यक्ष राईले यसअघिको पुरस्कार राशि प्रतियोगिता पूर्व नै २२ औँको विजेता र उपविजेता उपलब्ध गराउने जानकारी दिनुभयो।

यसअघि, ०७६ साल फागुनमा गोल्डकपको २२औँ संस्करण भएको थियो। ०७६ सालपछि कोभिड महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन। जसमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू