अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

माग सुनवाइ नभए सुदूरपश्चिम प्रदेशसभा चल्न नदिने चेतावनी

बिआरटीनेपाल २०७९ पुष १८ गते ४:२० मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीले माग सुनवाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिनु भएकाे हाे ।

थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताउनुभयाे । उहाँले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिनुभयाे । सुदूरपश्चिम प्रदेशकाे सरकार गठनमा याे पार्टी निर्णायक भूमिकामा रहेकाे छ । चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रुपमा राज्यले निकास खोज्नुपर्नेमा जाेड दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू