अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३७ | Colorodo: 20:52

रूसले नयाँ वर्षमा समेत युक्रेनमा आक्रमण गर्‍यो

बिआरटीनेपाल २०७९ पुष १७ गते ७:१२ मा प्रकाशित

१० महिनादेखि युक्रेनमाथि हमला गर्दै आएको रुसले नयाँ वर्षको अवसरमा पनि आक्रमण गर्न छाडेको छैन । रुसले नयाँ वर्ष २०२३ को पूर्वसन्ध्यामा राजधानी कीभमै घातक हमला गरेकाे हाे । कीभका मेयर भिटाली क्लित्च्कोले राजधानीमा दर्जनौं स्थानमा क्षेप्यास्त्र खसेको जानकारी गराएका छन् । साेही आक्रमणबाट एक जनाको मृत्यु भएको छ । साथै २० जना घाइते भएको मेयर भिटाली बताएका छन् ।

रुसी क्षेप्यास्त्र लागेर एउटा होटल समेत क्षति ग्रस्त भएको छ । युक्रेनी सेनाका प्रमुख भ्यालेरी जालुझ्नीले करिब २० वटा रुसी क्षेप्यास्त्र खसारेको बताएका छन् । रुसी आक्रमण सुरु भएपछि नयाँ वर्ष स्वागतको तयारी गरेका कीभवासीहरु सेल्टरतर्फ दौडिएका थिए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसलाई कहिल्यै माफ नगर्ने बताउनु भएको छ । युक्रेनमाथिको घातक हमलाकाबीच रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना सैनिकहरुकोबीचमा बसेर नयाँ वर्षको सन्देश दिए लगत्तै जेलेन्स्कीले रुसलाई माफ नदिने बताउनु भएको हो । पुटिनले रुसी नागरिकहरुको भविष्य समेत ध्वस्त पारिरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू