अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

प्रधानमन्त्री प्रचण्डलाई चिनिया प्रधानमन्त्री ली को बधाईपत्र

बिआरटीनेपाल २०७९ पुष १५ गते ४:४० मा प्रकाशित

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई सन्देश पठाउनुभएको छ  । चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत दाहाल प्रचण्डलाई बधाइ सन्देश पठाउनुभएको छ । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताउनुभएको छ ।

सन्देशमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया