अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको लिखित बधाई पत्र

बिआरटीनेपाल २०७९ पुष १५ गते ४:२२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिखित बधाई पत्र पठाउनुभएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गर्नुभएको भेटवार्ताका क्रममा मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो ।

भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया