अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

रुसी आक्रमणको सामना गरी क्रिसमस मनाउन युक्रेनी नागरिकलाई जेलेन्स्कीको आग्रह

बिआरटीनेपाल २०७९ पुष १० गते ०:३८ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई रुसी आक्रमणको सामना गर्दै क्रिसमस मनाउन आग्रह गर्नुभएको छ ।क्रिसमस दिवसका अवसरमा उहाँले देशको स्वतन्त्रता अहिलेका लागि सबैभन्दा ठूलो मूल्य रहेको बताउनुभएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण अहिले लाखौँ युक्रेनी बिजुलीविहीन छन् । चिसोमा उनीहरु कष्टकर दैनिकी बिताउन बाध्य छन् । धेरै युक्रेनीका लागि क्रिसमस पनि अँध्यारो र चिसोमा नै बित्नेछ ।

युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनको दक्षिणी खेरसन सहरमा रुसी हवाई आक्रमण भइरहेको छ । त्यहाँ पछिल्लो पटकको आक्रमणमा १० जनाले ज्यान गुमाएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

अधिकारीहरूले थप ६८ जना घाइते भएका र स्थानीय बासिन्दालाई आवश्यक रक्तदान गर्न आह्वान समेत गरेका छन् । रुसले गएको फ्रेबुअरी २४ मा आक्रमण गरेपछि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसनलाई युक्रेनले गएको महिनामुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू