अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 18:28

युक्रेन युद्धका लागि सबै सामग्रीको व्यवस्थापन गर्न अधिकारीहरूलाई पुटिनको निर्देशन

बिआरटीनेपाल २०७९ पुष ९ गते ४:०४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा आवश्यक पर्ने सबै हतियार, उपकरण र सैन्य बन्दो बस्तीका सामग्री सेनालाई तत्काल प्राप्त गर्ने सुनिश्चितता गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति पुटिनले देशको रक्षा उद्योग प्रमुखलाई कुनै पनि बहानामा सेनालाई आवश्यक पर्ने सामग्रीको कमी हुन नदिन निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । उहाँले रुसमा जारी आक्रमणविरूद्ध पश्चिमा राष्ट्रहरुले विभिन्न टिकाटिप्पणी गरेको भन्दै सेनालाई पर्याप्त समयोग गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

रुसले युक्रेन माथिको आक्रमण सुरु गरेको १० महिना पुग्न लाग्दा सेनाका लागि आवश्यक सहयोग सामग्रीको पूर्तिमा विशेष ध्यान दिन पनि पुटिनले निर्देशन दिनुभएको समाचारमा जनाइएको छ । केही समयअघि राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमणका लागि अब थप सैनिक नपठाउने बताएपनि त्यसको विपरीत सैन्य सामग्री निरन्तर बढाइरहेको पश्चिमा राष्ट्रहरुले आरोप समेत लगाएका छन् । तर उक्त आरोपको रुसले भने खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू