अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

रवि लामिछानेलाई सांसदकाे शपथ लिने बाटाे खुला, सर्वाेच्चले अन्तरिम आदेश दिएन

बिआरटीनेपाल २०७९ पुष ६ गते ३:३० मा प्रकाशित

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ । नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्थ्यो ।

लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै उहाँको शपथमा रोक लगाउन माग गरेर सर्वोच्चमा रिट परेको थियो । अमेरिकाको नागरिकता प्राप्त गरेपछि लामिछानेको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको र पछि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिका लागि पुनः प्रक्रियामा जानुपर्नेमा खारेज भएकै नागरिकता प्रयोग गरेर दल गठन तथा सांसदका लागि उम्मेदवार बनेको आरोप रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू