अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

आउटरिचले भारतमा रच्यो इतिहास, जित्यो फ्लेम अवार्ड

बिआरटीनेपाल २०७९ पुष ५ गते ५:१९ मा प्रकाशित

आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एशिया अन्तर्गतको अवार्डमा फ्लेम अवार्डस् एशिया २०२२ को ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोशिएसन अफ इन्डिया (आरएमएआई) को १२ औं संस्करणको मुख्य कार्यक्रम फ्लेम अवार्डस् एशिया २०२२ को आयोजना नयाँ दिल्ली स्थित ताज भिभान्तमा गरिएको थियो ।

यो संस्करणको निर्णायक मण्डलको अध्यक्षता म्याडिसन वल्र्डका संस्थापक अध्यक्ष साम बल्साराले गर्नु भएको थियो । निर्णायक मण्डलका अन्य सदस्यहरुमा व्यवसायिक घरानाका अग्रणीहरु, ब्राण्ड संरक्षकहरु, बजार प्रवद्र्धकहरु, सञ्चार/विज्ञापन क्षेत्रका दक्ष विज्ञहरु र सम्बद्ध क्षेत्रका जानकारहरु रहनु भएको थियो ।

लेमनले १ स्वर्ण, १ रजत र १ काँस्य अवार्ड जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत अवार्ड जितेकोे छ । त्यसैगरी अन्य भारतीय एजेन्सीहरुले पनि विभिन्न अवार्डहरु जित्न सफल भए ।

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डस्ले भारत र एशियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनाहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ । फ्लेम अवार्डस् एशियाको सबैभन्दा प्रतिष्ठित पुरस्कारहरु मध्येको एक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू