अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

अफगानिस्तानमा सडकाे सुरूङमा आगलागी हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:४२ मा प्रकाशित

अफगानिस्तानको सडकाे सुरुङभित्र इन्धन बोकेको ट्यांकर पल्टिएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । साेही घटनामा ३२ जना घाइते भएका हुन् । राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने सुरुङमा इन्धन बोकेको ट्यांकर पल्टेर दुर्घटना भएपछि आगलागी भएको हो । आगलागीबाट थुप्रै सवारी साधन जलेर नष्ट भएका छन् ।

घाइतेहरुको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सुरुङ ३४ सय मिटरको उचाइमा रहेको छ । सोही सुरुङमा सन् १९८२ मा पनि आगलागी हुँदा ४ सय जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू