अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

विश्वकप फुटबलः तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

बिआरटीनेपाल २०७९ पुष २ गते ५:२० मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे हुनेछ ।मोरक्को र क्रोएसिया शनिबार तेस्रो स्थान हासिल गर्दै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो भने साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।मोरक्को र क्रोएसियाबीच भएको समूह चरणको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू