अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा

बिआरटीनेपाल २०७९ मंसिर २९ गते ३:५१ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिनुभएको छ । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राजीनामा दिनु अघि नै प्रभाकर स्वदेश फर्किसक्नुभएका भारतीय प्रशिक्षक प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरेको छ ।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो।क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले राजीनामा दिनुभएको हो ।

प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू