अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

बिआरटीनेपाल २०७९ मंसिर २६ गते ४:१९ मा प्रकाशित

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ ।पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ ।

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेकाे नागरिककाे गुनासाे छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभाेग गर्छ । तीन प्रतिशत ग्यास उत्पादन हुने गरेकाे पञ्जाबमा ५२ प्रतिशत खपत हुने गर्छ। यस्तै,  खैबर पख्तुनख्वामा १५ प्रतिशत ग्यास उत्पादन हुन्छ भने सात प्रतिशत खपत हुने गरेकाे छ । बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्रै छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू