अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

निर्वाचन–२०७९ : तीन क्षेत्रका नतिजा आउन बाँकी

बिआरटीनेपाल २०७९ मंसिर १७ गते ५:१८ मा प्रकाशित

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राख्नुभएको छ । उहाँले १४ हजार १ सय ५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता बनाउनुभएको छ । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

दोलखामा पनि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाउनुभएको छ । कार्कीले १० हजार ६२ मत पाउँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू